‘लाल कप्तान’को ट्रेलर सार्वजनिक : सैफ अली खान देखिए खतरनाक अवतारमा

अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन्, जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् ।

१ मिनेट २२ सेकेन्डको ट्रेलरमा सैफ निकै खतरनाक र निर्दयी देखिएका छन् । ट्रेलरमा अभिनेत्री सोनाक्षी सिंहाको आवाज पनि सुन्न सकिन्छ ।



ट्रेलरको सुरुवात एक दमदार डाइलगबाट गरिएको छ । ट्रेलरमा सैफले बोलेका छन् ‘मानिसको जन्म हुने बितिकै काल आफ्नो भैसीमा चढेर उनलाई लिन हिड्छ । मानिसको जिन्दगी त्यति हुन्छ । जति समय त्यो भैसी उसँग आउन समय लाग्छ ।’ फिल्ममा सैफले भुत बनेर मानिसलाई डराउने छन् ।

फिल्मको कहानी १७८० दशको राजस्थानको पृष्ठभुमिमा आधारित रहेको छ । फिल्ममा सैफले एक असफल नागा साधुको भूमिका निर्वाह गरेका छन् जो बदलिन चाहन्छ ।

फिल्ममा सैफको अलवा जोया हुसेन, दीपक डोबरियाल, मानव विज जस्ता स्टारको समेत अभिनय रहेको छ । फिल्मको निर्देशक नवदीप सिंह हुन् । १८ अक्टोबर रिलिज मिति तोकिएको फिल्म आनन्द एल रोय र इरोज नाउले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार