भिल्ला रियलमाथि बार्सिलोनाको जित, मेसी फेरी घाइते !

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियलमाथि २(१ को जित हासिल गरेको हो ।



बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यान र अर्थरले एक एक गोल गरेका थिए भने भिल्ला रियलका लागि एक गोल सान्ती काजोर्लाले गरेका थिए ।

पछिल्लो खेलमा पराजित भएर दबाबमा आएको बार्सिलोनालाई यो जितले महत्वपूर्ण ३ अंक दिलाएको छ ।

बार्सिलोनाले जितेपनि आफ्ना स्टार खेलाडी लियोनेल मेसीको इन्जुरीको समस्या भने फेरी बल्झेको छ । पहिलो गोल असिस्ट गरेका मेसी यस खेलमा शुरुको हाफ खेलेका थिए भने दोस्रो हाफको शुरुमै ओसमान डेम्बेलेले रिप्लेस गरेका थिए ।

यो जितसँगै बार्सिलोनाको ६ खेलमा १० अंक भएको छ । बार्सिलोनाले अब अर्को खेल गेटाफेविरुद्ध खेल्ने छ ।

सम्बन्धित समाचार