ईएफएल कपः डोन्सलाई हराउँदै लिभरपुल चौथो चरणमा

प्रिमियर लिग क्लब लिभरपुल ईएफएल कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एमके डोन्सलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान बनाएको हो ।

लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर र कि जना होएभरले एक–एक गोल गरे । एमकेको मैदानमा भएको खेलको ४१ औँ मिनेटमा मिल्नरले गोलगर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।



खेलको ६९ औँ मिनेटमा होएभरले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । अब लिभरपुलले चौंथो चरणमा आर्सनलसँग खेल्नेछ ।

सम्बन्धित समाचार