रियल म्याड्रिडको जितमा भिनिसियस र रोड्रीगोको गोल

रियल म्याड्रिडले ला लिगा अन्तर्गत ओसासुनाविरुद्ध महत्वपूर्ण जित हैस्ल गरेको छ ।

गएराती सम्पन्न खेलमा ओसासुनाविरुद्ध २–० को जित हासिल गरेको हो ।



रियलको जितमा ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए ।

गत फेब्रुअरीमा आल्भेजविरुद्ध गोल गरेका भिनिसियसले लामो समयपछि रियलका लागि गोल गरेका हुन् । लामो समयपछि गोल गरेपछि भिनिसियस भावुक बनेका थिए ।

त्यस्तै रियलबाट यसै खेलमा डेभ्यु गरेका रोड्रीगोले मैदानमा छिरेको ९२ सेकेन्डमा गोल गरेका थिए ।

जितपछि रियल म्याड्रिड अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । रियलले ६ खेलमा ४ जित र २ बराबरी खेल्दै १४ अंक बटुलेको छ । त्यस्तै ओसासुनाको भने यो छैठौ खेलमा पहिलो हार हो । यस अघि एक जित र ४ बराबरी खेलेको ओसासुनाको ६ खेलमा ७ अंक भएको छ ।

अब अर्को खेल रियल म्याड्रिडले शनिबार म्याड्रिड डर्बीमा एटलेटिकोसँग खेल्ने छ ।

सम्बन्धित समाचार