घरेलु मैदानमा पिएसजीको अप्रत्याशित हार

काठमाडौं । फ्रेच लिग वानमा पिएसजी पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी रेइम्स क्लबसँग अप्रत्याशितरुपमा २(० गोल अन्तरको हार बेहोरेको हो ।



रेइम्सको जितमा हस्साने कमारा र बोउलाए डियाले एक एक गोल गरेका थिए ।

पिएसजी सन् २०१८ मे देखि पहिलो पटक आफ्नो घरेलु मैदानमा लिग वानको खेलमा पराजित भएको छ । साथै लिग वानका पछिल्ला ४४ खेलपछि पिएसजीले गोल गर्न असफल भएको छ ।

पिएसजी आफ्ना ५ महत्वपूर्ण खेलाडी बिना अहिले खेलिरहेको छ । एडिसन कभानी, किलीयन एम्बाप्पे, माउरो इकार्डी, जुलियन ड्राक्सलर जस्ता खेलाडी इन्जुरिका कारण बाहिर रहेका थिए । भने मार्को भेराटी सस्पेन्ड भएका कारण यस खेलमा बाहिर रहेका थिए ।

यस अघि दुई खेलमा निर्णायक गोल गर्दै जिताएका नेइमारको भरमा मात्र खेलेको पिएसजी यस खेलमा भने उनले जिताउन सकेनन् ।

यो हार पिएसजीको यस सिजनमा दोस्रो हार हो । अहिलेसम्म ७ खेलमा ५ जितसहित १५ अंकसहित अहिले पनि पिएसजी शिर्ष स्थानमा रहेको छ । त्यस्तै रेइम्स भने ७ खेलमा ११ अंकसहित आठौ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार