नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असाेज ।
मुक्तिनाथविकास बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग गरेको छ । बैंकले सहयोग स्वरुप तीस हजारको चेक हस्तान्तरण गरेको हो ।
टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथविकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद कृष्ण प्रसादखनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा चेक हस्तान्तरण गरे ।
मुक्तिनाथविकास बैंकले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।