सरोगेसीबाट मातापिता बनेका बलिवुडका १० सेलिब्रेटी

 

पछिल्लो केहि बर्ष देखि सरोगेसीबाट माता पिता बन्ने चलन अलि बढी नै रहेको छ । यसबाट बलिवुडपनि अछुतो रहेको छैन । सरोगेसी एक वैधानिक सम्झौता हो जसमा महिलाले अरुको सन्तानलाई आफ्नो पेटमा हुर्काएर जन्म दिने गर्छन् ।



बलिवुड कलाकारमा यसको शुरुवात गर्ने श्रेय भने आमिर खान र शाहरुख खानलाई जान्छ । यस पछि अहिले कैयौ सेलिब्रेटीहरुले सरोगेसीबाट सन्तान जन्माएका छन् । यस सुचिमा सनी लियोनीदेखि एकता कपुरसम्म रहेका छन् ।

१. आमिर खान

आमिर खानले आफ्नी दोस्री पत्नी किरण रावसँग मिलेर बलिवुडमा सबैभन्दा पहिला सरोगेसीबाट बच्चा जन्माएका थिए । सन् २०११ मा उनीहरुले सरोगेसीको माध्यमले एक सन्तानको सुख प्राप्त गरेका थिए । मुम्बईस्थित एक अस्पतालमा उनीहरुले छोरा आजादलाई जन्म दिएका थिए ।

२. शाहरुख खान

बलिवुडमा सरोगेसीको सहायताले आमाबुबा बन्ने क्रम आमिर पछि शाहरुख खान र गौरी खान सरोगेसीबाट मातापिता बनेका थिए । सन् २०१३ मा उनीहरुले आफ्नो तेस्रो सन्तानको रुपमा अबरामलाई जन्म दिएका थिए ।

३. सोहेल खान

सोहेल र सीमा खानले एक सन्तान भएको १० वर्षपछि खान दम्पतीले अर्को सन्तानको इच्छा राखे । उनीहरूले सन् २०११ मा छोरा योहानको जन्म सरोगेसीबाट गराएका थिए ।

४. तुषार कपुर

बलिवुड अभिनेता तुषार कपुरले अहिलेसम्म विवाह नगरे पनि सरोगेसीको माध्यमबाट सन् २०१६ मा छोराको बुबा बने । उनले इन विट्रो फर्टिलाइजर ९आईभीएफ० पद्धतिको प्रयोग गर्दै बुबा बनेका हुन् । तुषारले छोराको नाम लक्ष्य राखेका छन् । बलिवुडका सबै सेलिब्रिटीले उनको यो निर्णयको प्रशंसा गरेका थिए ।

५. करण जौहर

बलिवुडका चर्चित निर्माता निर्देशक करण जौहर सन् २०१७ मा दुई बच्चाका पिता बनेका थिए । सरोगेसीबाट एक छोरा र एक छोरीका पिता बनेका करण पनि अविवाहित पिता हुन् । करणले छोराको नाम यश राखेका छन् भने छोरीको नाम रही राखेका छन् ।

६. एकता कपुर

बलिवुडकी चर्चित निर्माता मध्येकी एक एकता कपुरले ४३ बर्षको उमेरसम्म पनि अविवाहित रहदै बच्चा जन्माएकी छन् । एकताले यसै बर्ष सरोगेसीबाट सिंगल प्यारेन्ट बन्दै छोरा रवि कपुरलाई जन्म दिएकी छन् ।

७. लिजा रे

अभिनेत्री लिजा रे दुई जुम्ल्याहा बच्चाकी आमा हुन् । उनले ४६ वर्षको उमेरमा आमा बन्ने सुख सरोगेसीको सहायताले प्राप्त गरेकी छन् । जोन अब्राहमसँग वाटरमा अभिनय गरेकी लिजा रेलाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो ।

लिजाले सन् २०१० मा आफै क्यान्सर फ्री भएको घोषणा गरेकी थिइन् । तर, उनी पूर्णरूपले भने ठीक हुन सकिनन् ।

सन् २०१२ मा लिजाले बिजनेसम्यान ज्यासन देहनीसँग विवाह गरिन् र गत वर्ष उनी सरोगेसीको माध्यमले आमा बनिन् ।

८. कृष्णा र कश्मीरा शाह

हास्य कलाकार कृष्णा र कश्मीरा शाहले पनि जुम्ल्याहा बच्चा सरोगेसीको सहायताले जन्माएका थिए । विवाह गरेको लामो समयसम्म पनि १४ पटक प्रेग्नेन्सी असफल हुदा सरोगेसीको सहायता लिनुपरेको कश्मिराले एक अन्तर्वार्तामा बताएकी थिइन् ।

९. श्रेयस तलपडे

अभिनेता श्रेयस तलपडे विवाहको १४ बर्षपछि सरोगेसीको माध्यमबाट सन् २०१८ मा एक छोरीको पिता बनेका छन् ।

१०.सनी लियोनी

अभिनेत्री सनी लियोनीसन् २०१८ मा सरोगेसीबाट दुई छोराको आमा बनेकी छन् । सनीले छोराको नाम नोआह र अशर राखेकी छन् । उनले एक छोरीलाई धर्मपुत्रीको रुपमा समेत लिएकी छन् ।

सम्बन्धित समाचार