ला लिगामा रियल सिसियडाड दोस्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा अन्तर्गत रियल सोसीयडाड अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा डिपोर्टिर्भो आल्भेजलाई ३–० गोल अन्तरले पराजित गरेपछि सोसीयडाड तेस्रो स्थानमा उक्लिएको हो ।



सोसीयडाडको जितमा जितमा मिकेल ओयारजबालले २ गोल गरेका थिए भने विलियन जोसले एक गोल गरेका थिए ।

अंक तालिकामा ६ खेलपछि रियल म्याड्रिड १४ अंकसहित शिर्ष स्थानमा छ भने रियल सोसीयडाड ४ जित एक बराबरी र एक हारसहित १३ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै एटलेटिको म्याड्रिड पनि १३ नाकसहित नै तेस्रो स्थानमा छ भने एथलेटिक क्लब १२ अंकसहित चौथो, ग्राण्डा ११ अंक सहित पाँचौ र बार्सिलोना १० अंकसहित छैठौ स्थानमा पुगेका छन् ।

त्यस्तै गएराती नै भयेको अर्को खेलमा सेभिया इबरसँग ३–२ गोल अन्तरले पराजित भएपछि तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

सेभियाको ६ खेलमा १० अंक छ भने अंक तालिकामा सातौ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार