फिफाले भन्यो – यसकारण गणना भएन इजिप्टको भोट !

फिफाको बेस्ट खेलाडी भोटिंगको विवाद बारे फिफाले स्पष्ट पारेको छ । इजिप्ट फुटबल एसोसियसनले आफ्नो भोटको गणना नगरिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाए पछि फिफाले नियम अनुसार भोट नगरेको स्पष्ट गरेको छ ।

बेस्ट खेलाडीको मनोनयनमा समेत रहेका इजिप्टका फुटबलर मोहमद सलाहले आफ्नै देशको फेडेरेशनको भोट काउन्ट नभएको पाइएपछि सर्वत्र प्रश्न उठेको थियो । बेस्ट खेलाडीको सुचिमा सलाह उत्कृष्ट तीनमा पर्न असफल भएका थिए ।



सलाहले फिफाको भोटिङ सुचिमा इजिप्टको नाम नदेखेपछि ट्वीटरको आफ्नो बायो समेत परिवर्तन गर्दै मेरो इजिप्टप्रतिको माया परिवर्तन गर्न उनीहरुले जे गरेपनि सफल हुने छैनन् भन्दै लेखेके थिए ।

अब फिफाले यस प्रकरणमा स्पष्ट गर्दै इजिप्ट फेडेरेशनले अगस्त १५ मा बुझाएको भोटको सुचिमा हस्ताक्षर क्यापिटल लेटरमा गरिएकोले आधिकारिकतामा प्रश्न उठेको र फेडेरेशनका महासचिवको हस्ताक्षर अनिवार्य रहेकोमा सो पनि नभएकोले इजिप्टको भोट गणना नभएको बताएको छ ।

साथै फिफाले मन गणना गर्ने बेलामा समेत इजिप्टको फेडेरेशनलाई सम्पर्क गर्दा कुनै रेस्पोन्स नदिएको समेत स्पष्ट गरेको छ ।

त्यस्तै निकारागुवाका कप्तानले ट्वीटरमा आफुले मेसीलाई भोट नदिएको तर फिफाको सुचिमा भने आफ्नो भोट मेसीलाई उल्लेख भएको बताएको विषयमा पनि फिफाले स्पष्ट गरेको छ । फिफाले निकारागुआका कप्तानको भोट फेरी छेक गरेको र उनले फेडेरेशनले पठाएको डकुमेन्टमा मेसी, माने र रोनाल्डोलाई नै भोट दिएको फिफाले स्पष्ट गरेको छ ।

मेसीले धेरैको अनुमान विपरित भान डाइक र रोनाल्डोलाई पछि पार्दै यस बर्षको फिफा बेस्ट खेलाडीको अवार्ड जितेपछि इजिप्ट र निकारागुवाको भोटका बारेमा प्रश्न उठेको थियो ।

सम्बन्धित समाचार