मलाइकाको हट अवतार

बलिउड आइटम गर्ल मलाइका अरोरा आफुलाई छुट्टै पहिचानसहित चिनाउँदै आएकी छन् । सोसल मिडियामा सक्रिय मलाइका यतिबेला चर्चामा छिन् । मुम्बइमा हालै सम्पन्न भोग ब्यूटी अवार्ड २०१९ मा पहिरनका कारण चर्चामा आएकी हुन् ।

बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरेका थिए ।



एकसे एक सुन्दरीको उपस्थिति रहे पनि समारोहमा मलाइका भने सबैको चर्चामा रहिन । सेतो पहिरनमा निकै नै हट बनेर पुगेकी मलाइकाले माहोल नै आफूतिर खिचेकी थिइन् ।

मलाइका अरोरा खानको हट अवतार र उनको पहिरनको अहिले सामाजिक संजालमा समेत खुबै प्रशंसा भइरहेको छ । अवार्ड समारोहमा नायिका आलिया भट्ट, साराअली खान, कृती सेननको साथमा साहिद कपुर, विक्की कौशल लगायतका बलिउडकर्मी उपस्थित थिए । तर सबैको ध्यान मलाइकातिर थियो ।

सम्बन्धित समाचार