शुक्रवार रिलिज : आजदेखि ‘रातो टिका निधारमा’

शुक्रवार रिलिज अन्तर्गत आजदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ । निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्रलाई यस वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ । अंकित यस अघिको चलचित्र जय भोलेमा निर्माताका रुपमा थिए ।



उनले जयभोलेमा सहायक निर्देशकका रुपमा समेत काम गरेका थिए ।

चलचित्र ‘रातो टिका निधारमा’मा अभिनेत्री नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री नीता ढुंगाना रवीन्द्र झाको जोडीका रुपमा प्रस्तुत भएको बताइएको छ ।

सम्बन्धित समाचार