फ्रेन्च लिग वानः नेयमारको निर्णायक गोलमा पीएसजीको जित

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे ।

दुवै टिमले खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने पीएसजीले गोल गर्दै जित निकाल्न सफल भयो । खेलको ७०औं मिनेटमा पीएसजीका लागि नेयमारले गोल गर्दै १–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि पीएसजीले बोर्डुअक्समाथि कठिन जित हात पारेको हो ।



लिगको शीर्ष स्थानमा रहेको पीएसजीले ८ खेलबाट १८ अंक बनाएको छ । पराजित बोर्डुअक्स भने ८ खेलबाट १२ अंक बनाउँदै छैटौं स्थानमा झरेको छ ।

सम्बन्धित समाचार