एलेक्सिस सान्चेजको डेव्यु खेलमा गोल र रातो कार्ड

इटालियन सिरी ए मा इन्टरमिलानले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।

गएराती सम्पन्न खेलमा इन्टरमिलानले सम्पडोरियालाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।



इन्टरमिलानका लागि यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर गएका चिलीका स्ट्राइकर एलेक्सिस सान्चेजले डेव्यु खेलमा नै गोल गरेका थिए भने स्टेफानो सेन्सी र रोबेर्टो गाग्लीयारडिनीले एक एक गोल गरेका थिए ।

डेव्यु खेलमा गोल गरेका सान्चेजले खेलको ४६औ मिनेटमा नै दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएर मैदान छोड्दा इन्टर १० खेलाडीमा सिमित भएको थियो ।

सम्पडोरियाका लागि जकुब जंकटोले एक गोल फर्काएका थिए ।

यस सिजन सिरी ए मा इन्टर मिलान अपराजित रहदै ६ खेलमा १८ अंक बटुलेर शिर्ष स्थानमा रहदै युभेन्टसलाई कडा चुनौती दिइरहेको छ । युभेन्टसको ६ खेलमा ५ जित र एक बराबरीसहित १६ अंक रहेको छ ।

सम्पडोरिया भने अहिलेसम्म ६ खेलमा ५ खेलमा पराजित हुँदै अंक तालिकामा पुछारमा रहेको छ ।

इन्टरमिलनले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत आउँदो बुधबार बार्सिलोनासँग क्याम्प नाउमा खेल्दै छ ।

सम्बन्धित समाचार