रियल सोसीयाडाड हारपछि शिर्ष स्थानमा पुग्नबाट चुक्यो !

स्पेनिस ला लिगा अन्तर्गत सेभियाले रियल सोसीयाडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सेभियाले सोसीयाडाडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।



सेभियाको जितमा नोलिटो लुकास ओकाम्पोस र फ्रान्को भाज्क्वेजले एक एक गोल गरेका थिए भने सोसीयाडाडका लागि मिकेल ओयारजाबाल र पोर्टूले एक एक गोल गरेका थिए ।

यो जितपछि सेभिया अंक तालिकामा छैठौ स्थानमा उक्लिएको छ । सेभियाको ७ खेलमा ४ जित, एक बराबरी र २ हारसहित १३ अंक रहेको छ ।

त्यस्तै रियल सोसीयाडाड भने यो हारसहित अंक तालिकामा शिर्ष स्थानमा जाने अवसरबाट चुकेको छ । ७ खेलमा १३ अंक बटुलेको सोसीयाडाड अंक तालिकामा १३ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार