म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिए

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका हुन् ।



युनाइटेडका लागि स्कट म्याक टोमिनेले गोल गरे भने आर्सनलका लागि एमरिक आउबामेयांगले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीपछि दुवै क्लबको अंक तालिकामा अवस्था राम्रो देखिएको छैन । आर्सनलले ७ खेलमा ३ जित ३ बराबरी र एक हारसहित १२ अंक बटुलेर चौथो स्थानमा छ भने युनाइटेडले ७ खेलमा केबल ९ अंक बटुलेको छ र अंक तालिकामा १०औ स्थानमा रहेको छ । युनाइटेडले आफ्नो प्रिमियर लिग इतिहासमा सन् १९८९–९० पछिकै खराब सुरुवात गरेको छ

सम्बन्धित समाचार