बिग बोस–१३ : यस्ता छन् १३ कन्टेस्टेन्टहरु…

 

सानो पर्दाका सबै भन्दा चर्चित र विवादित रियलिटी शो ‘बिग बोस’को नयाँ संस्करण प्रसारणको उद्घाटन आइतबार भएको थियो । यस शोको कन्टेस्टेन्टको आधिकारिक लिस्ट समेत सार्वजनिक भइसकेको छ । शोका होस्ट सलमान खानले यो पटक १३ सेलिब्रेटीहरुको साथमा मज्जाको गेम खेल्ने भएका छन् ।



बिग बोस–१३ का कन्टेस्टेन्टहरु निम्नानुसार छन्ः

१. देवोलिना भट्टचार्य (टिभी अभिनेत्री)
– स्टार प्लसको चर्चित शो ‘साथ निभाना साथीया’मा देवोलिनाले गोपी बहुका भूमिका निभाएकी थिइन् । देवोलिनाले यस शोका लागि जिया मानिकलाई रिप्लेस गरेकी थिइन् । देवोलिनाको हिन्दी खासै राम्रो छैन, तर पनि उनी सानो पर्दाकी चर्चित अभिनेत्री बन्न सफल बनेकी छन् । चार वर्षसम्म प्रसारण भएको यस धारावाहिकले देवोलिनालाई नाम र दाम दुवै दिलाएको छ । उनी गाउन र नाच्नमा निकै माहिर छन् ।

२. आरती सिंह (टिभी अभिनेत्री)
– गृहस्थी र वारिस लगाएतका टिभी शोहरुमा भाग लिइसकेकी अभिनेत्री आरती सिंह पनि बिग बोस–१३ मा देखिदैछन् । आरती चर्चित कमेडियन कृष्ण अभिषेककी बहिनी पनि हुन्, साथै गोविन्दाकी भाञ्जी हुन् । विभिन्न शोहरुमा आरती नयाँ लुकमा देखिदै आएकी छन् । यो शोमा पनि उनी नयाँ लुकमै देखिन सक्ने आँकलन गरिएको छ ।

३. माहिरा शर्मा (टिभी अभिनेत्री)
– नागिन र कुण्डली भाग्य लगाएतका चर्चित टिभी शोहरुमा काम गरिसकेकी माहिरा शर्मा जम्मुकी हुन् । उनले म्युजिक भिडियो र कमर्सियल्समा काम गरिसकेकी छन् । उनी सोसल मिडिया स्टार पनि हुन् । सानो पर्दाको कुरा गर्नुपर्दा उनी पछिल्लो समय एमटिभीको शो ‘ए डेट टु रिमेम्बर’मा देखिएकी थिइन् ।

४. कोएना मित्रा (फिल्म अभिनेत्री)
– रोड, मुसाफिर और एक खिलाडी, एक हसीना लगाएतका फिल्ममा काम गरिसकेकी कोएना लामो समयपछि पर्दामा आउँदैछन् । कोलकत्तामा जन्मिएकी अभिनेत्री कोएनाले कयौं ब्युटी प्याजेन्टहरु जितिसकेकी छन् । यस उद्योगमा उनले धेरै चर्चा कमाइसकेकी छन् । कोएना आफ्नो सर्जरीजपछि निकै विवादमा आएकी थिइन् । उनको करियरको लागि बिग बोस एउटा ठूलो अवसर बन्न सक्नेछ ।

५. रश्मी देसाई (टिभी अभिनेत्री)
– भोजपुरी फिल्मबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री रश्मी देसाईको वास्तविक नाम दिव्य देसाई हो । रश्मीले उतरन लगाएतका धाराबाहिकहरुमा काम गरिसकेकी छन् । उनले नेगेटिभ रोल पनि गरिसकेकी छन्, जुन भूमिकाबाट उनले पपुलारिटी कमाएकी छन् । साथै उनी आफ्नो को–स्टार नंदिश संधुसँग रिलेशनमा रहेकी कारण पनि चर्चामा रहिन् । शो सकिएलगत्तै उनीहरु छुट्टिीका थिए । रश्मीले सलमान खानको दबंग–२ मा केमियो रोल पनि गरेकी थिइन् । उनले कलर्सको दिल से दिल तकमा पनि काम गरेकी थिइन् ।

६. पारस छाबडा (टिभी अभिनेता)
– रियलिटी टिभी शो र केही फिल्महरुमा काम गरिसकेका पारस आफ्नो अफेयर्सका कारण निकै चर्चामा रहँदै आएका छन् । दिल्लीका यी अभिनेता स्प्लिट्सविला–५ का विजेता पनि हुन् । उनी अभिनेत्री सारा खानसँग लामो रिलेशनसीपमा रहेका थिए । पछिल्लो समय उनी आकांक्षा पुरीलाई डेट गरिरहेका छन् ।

७. शेफाली बग्गा (समाचार वाचिका)
– इतिहासमै पहिलो पटक बिग बोसमा समाचार वाचिका पनि पुग्दैछन् । यो पटकको शोमा समाचार वाचिका शेफाली बग्गाले पनि भाग लिएकी छन् । उनी इन्डिया टुडेकी समाचार वाचिका हुन् । दिल्लीकी शेफाली एक फिटनेश फ्रीक हुन् ।

८. दलजीत कौर (टिभी अभिनेत्री)
– जीटिभीबाट प्रसारण हुने शो ‘गुड्डन तुम्से ना हो पाएगा’लाई क्विट गर्दै अभिनेत्री दिलजीत कौर बिग बोसको यस सिजनमा देखिदैछन् । जानकारी अनुसार उनका श्रीमान शालीन बनोट पनि यस शोको हिस्सा बन्नसक्नेछन् ।

९. असिम रिजाय
– मोडल असिम रिजाय पनि बिग बोसको यस सिजनमा देखिदैछन् । उनी एक चकलेटी ब्वाई हुन्, जसका कारण उनी शोमा फिमेल कन्टेस्टेन्टका लागि इन्ट्रेस्टका विषय हुनसक्नेछन् । उनी एक फिटनेश मोडल हुन् । सोसल मिडियामा उनको तस्वीरलाई निकै रुचाइन्छ ।

१०. शहनाज कौर गिल (टिभी अभिनेत्री तथा गायिका)
– शहनाज कौर गिलको गीत ‘हिन्दी बेल्टमे’ निकै लोकप्रिय छ । विवादित सेलिब्रेटीको रुपमा चिनिने शहनाज कौर गिल पञ्जावी अभिनेत्री, मोडल र गायिका हुन् ।

११. सिद्धार्थ शुक्ला (टिभी अभिनेता)
– एक्टिङ स्किल्स भन्दा पनि आफ्नो अफस्क्रिन लाइफका कारण धेरै चर्चामा छन् सिद्धार्थ सुक्ला । बालिका बधु, खतरोका खिलाडी, दिल से दिल तक लगाएतका धाराबाहिकहरुमा उनले काम गरिसकेका छन् । हम्टी शर्माकी दुल्हानियाबाट उनले ठूलो पर्दामा डेब्यु गरेका थिए ।

१२. अबु मलिक (म्युजिक कम्पोजर)
– अबु मलिक चर्चित म्युजिक डाइरेक्टर अनु मलिकाका साना भाई हुन् । अबुले ‘रेटिङ्ग्स’नामक एक किताब लेखेका छन् । उनी आफ्नो दाजु अनु जस्तै देखिन्छन् । उनले उनी चर्चित म्युजिक कम्पोजर हुन् ।

१३. सिद्धार्थ डे (राइटर)
– सिद्धार्थ डेले विकास गुप्ताको शोमा जबरदस्त सफलता पाइसकेका छन् । सिद्धार्थ एक जबरदस्त रियलिटी शो राइटर हुन् ।

सम्बन्धित समाचार