फेरि कोरियन फिल्म रिमेक गर्दै सलमान खान

बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजको क्रममा छ । यो फिल्मले यतिबेला बलिउडको ध्यान तानेको छ ।

यसलगत्तै उनलाई चलचित्र ‘किक २’ र ‘वान्टेड २’ मा नि देख्न सकिनेछ । तर, यी फिल्म सन् २०२० को ईदमा रिलिज हुनेछैन । किनकि फिल्मको स्किृप्ट तयार भएको छैन ।



भारतीय मिडियाका अनुसार सलमान खान यतिबेला यस्तो फिल्ममा काम गर्न चाहन्छन्, जुन फिल्मको पोस्ट प्रोडक्सनमा धेरै समय नलागोस् । यसैबीच खबर आएको छ कि, सलमान खानले एक कोरियन फिल्मको रिमेकका काम गर्ने भएका छन् । यसअघि सलमानले शीर्ष भूमिका निभाएको फिल्म ‘भारत’ पनि एक कोरियन फिल्मको रिमेक थियो ।

अब बन्ने फिल्म एक्सनले भरिपूर्ण हुनेछ । साथै मुख्य भूमिकामा सलमान खानलाई फिट पनि देखिनेछ । खबरका अनुसार फिल्म हिन्दीमा बनाउनका लागि यसको राइटस् किनिएको छ । फिल्मलाई भारतीय दर्शकको रोजाइअनुसार निर्माण गरिनेछ ।

फिल्मको स्किृप्ट सलमानका बुबा सलीम खनाले लेख्दैछन् । फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । यो फिल्म सन् २०२० को ईदमा रिलिज हुने सम्भावना छ । हरेक ईदमा सलमान खान कुनै न कुनै फिल्म लिएर हलमा आउने गर्छन् ।

सम्बन्धित समाचार