दक्षिण अफ्रीकाविरुद्धको टेस्टमा रोहित शर्माको शतक

भारतीय क्रिकेटर रोहित शर्माले दक्षिण अफ्रीकाविरुद्ध आजदेखि शुरु भएको पहिलो टेस्टमा शतक प्रहार गरेका छन् ।

टेस्ट क्रिकेटमा पहिलो पटक ओपनरको भूमिकामा खेलिरहेका शर्माले आफ्नो टेस्ट क्यारियरको चौथो शतक प्रहार गरेका हुन् ।



एकदिवसीय र टी–२० क्रिकेटका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मानिने रोहितको टेस्ट क्यारियर बारे प्रश्न उठ्दै आएको थियो ।

भारतीय क्रिकेट टिममा यस अघि नियमित रुपमा टेस्ट टिममा नपरेका रोहितले यस पटक पाएको अवसरको सदुपयोग गर्दै शतकीय पारी खेलेका छन् ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतका लागि रोहितले अर्का ओपनर मयंक अग्रवालसँग मिलेर उत्कृष्ट शुरुवात गर्दै अहिलेसम्म पहिलो विकेटका लागि १८१ रनको साझेदारी गरेका छन् । अग्रवालले पनि ७६ रन बनाएर खेलिरहेका छन् ।

रोहितले २०१३ मा वेस्टइन्डिजविरुद्ध टेस्ट डेभ्यु गरेपनि अहिलेसम्म केवल २७ टेस्ट खेल्दै १५८५ रन बनाएका छन् । रोहितले यस अघि टेस्ट क्रिकेटमा ३ शतक र १० अर्धशतक बनाएका छन् ।

सम्बन्धित समाचार