वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाको पाँच लाख रुपैयाँ बराबरको खाजा खर्चको बिल पेश गरेका छन्। २०७६ को असारमा प्रशासनले बनाएको बिलमा सेञ्चुरीले चार लाख ६९ हजारको बिल पेश गरेको समाचार नागरिक दैनिकमा छ।
प्रशासनले तयार पारेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एण्ड बी क्याफेबाट एक लाख ८५ हजार बारबरको बिल रहेको छ।
झण्डै पाँच लाख रुपैयाँ बराबरको खाज खर्च देखाइएको बिल नक्कली भएको देखिएको छ। पाँच लाख खर्च देखाउन नक्कली बिल बनाइएको हो।