युरो छनौटमा नेदरल्याण्डसको उत्तरी आयरल्याण्डमाथि महत्वपूर्ण जित

युरोकप छनौट अन्तर्गत नेदरल्याण्डसले उत्तरी आयरल्याण्डमाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले उत्तरी आयरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।



नेदरल्याण्डसको जितमा मेम्फिस डिपेले २ गोल गरे भने लुक डि जंगले एक गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि एक गोल जोश मगेंनिसले गरेका थिए ।

जित पछि समुह इ मा रहेको नेदरल्याण्डस जर्मनीसँग समान १२ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ ।

नेदरल्याण्डस र जर्मनीको ५ खेलमा समान १२ अंक छ भने उत्तरी आयरल्याण्डको ६ खेलमा १२ अंक रहेको छ ।

सम्बन्धित समाचार