अमिताभ बच्चन एक सुपरस्टार, जन्मदिनमा दिए भावुक सन्देश

बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरका दिन जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । उनीसँगैका नायकहरु रिटायर्ड जीवन बिताइरहेका छन् भने उनी चाहिं काममा उत्तिकै जोश र फूर्तिका साथ अगाडि बढीरहेका छन् । अझै पनि उनी कौन बनेगा करोडपति चलाउँछन् भने फिल्ममा पनि खेलिरहेका छन् ।

कुनै समय उनको फिल्म हेर्न दर्शकको लाइन लाग्ने गर्थ्यो । यतिसम्म कि दर्शकले पहिलो शो को टिकट नपाउँदा दर्शकले अर्को शोको टिकटका लागि लाइन लाग्ने गर्थे ।



उनको फिल्म हलमा रिलिज हुँदा महिनौँसम्म टिकट पाइँदैनथ्यो । उनले एक वर्षमा ४ वटासम्म बल्कबस्टर फिल्म दिन्थे । हरेक फिल्म रिलिज हुँदा नयाँ रेकर्ड राख्ने अमिताभका अहिले पनि लाखौँलाख प्रशंसक छन् ।

उनले जन्मदिनको अवसर पारेर एक भावुक नोट सन्देश दिएका छन् । यस्तो छ उनको सन्देश:

यसमा सेलिब्रेट गर्नुपर्ने खासै कारण छैन । मेरा लागि यो दिन पनि अरु दिनजस्तै हो । म अहिले पनि काम गरिरहेको छु । मेरो शरीरले मेरो उत्साहका साथ तालमेल बनाएर राखिरहेको छ । म यसका लागि आभारी छु ।

बच्चाबेलामा मेरो जन्मदिनमा बुबाले सधै कविता लेखेर गाएर सुनाउनुहुन्थ्यो । परिवारमा यो एक रीत थियो । सन् १९८४ मा भएको भयानक दुर्घटनापछि यसले एक अलग रुपले लियो ।

पिताजीले जन्मदिनमा कविता सुनाउनुभयो । एक तरिकाले त्यो मेरा लागि नयाँ जीवन थियो । कविता पढ्दै गर्दा पिता रुन लाग्नुभएको थियो । मैले पहिलोपटक पितालाई त्यस्तो अवस्थामा देखेँ ।

अब समयसँगै धेरै कुरा बदलिएको छ । बाबुजीको कविता र मेरो जन्मदिनमा आमाको खुशी याद आउँछ । केक काट्नमा अब मलाई रुचि छैन । अब त्यसको स्थान अब फलफुलको थालले लिएको छ ।

मेरा कैयन् अधूरा सपना छन् । म पियानो सिक्न चाहन्छु । कैयन् भाषा सिक्न चाहन्छु । साँच्ची, म गुरुदत्तसँग काम गर्न पाएको भए । म आफ्ना कुनै फिल्मको पनि आफ्ना लागि रिमेक बनाउन चाहन्न । जे गर्न थियो, त्यो गरियो । अब किन अघि नहेर्ने ?

सम्बन्धित समाचार