ऋतिक र टाइगर स्टारर ‘वार’ हिट हुनाका ५ कारण

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा धमाल मच्चायो । फिल्मले बक्स अफिसमा पहिलो दिन नै सर्वाधिक कलेक्सन ग-यो । फिल्मले पहिलो सप्ताहमै २ सय करोड कमाएर रेकर्ड बनायो । फिल्मले ३ सय करोड कमाउने फिल्म पण्डितको अनुमान छ । आखिर यो फिल्मले किन बक्स अफिसमा आक्रामक व्यापार ग(योरु यी हुन् ५ कारणः

ऋतिक र टाइगरको जोडी



आदित्य चोपडाले आधा बाजी त त्यतिबेला नै मारिसकेका थिए, जब उनले टाइगर श्राफ र ऋतिक रोशनलाई साइन गराए । यी दुवै बलिउडमा हेण्डसम र एक्सन हिरो हुन् । दुवैका जबरजस्त फ्यान फलोइङ छन् । एकै टिकटमा दुई हिरोलाई हेर्न पाउने भएकाले पनि दर्शक सिनेमा घरसम्म पुगे ।

एक्सन, एक्सन र एक्सन

ट्रेलरमा एक्सन सिन देखाउँदा मजा आएको दर्शकलाई फिल्म झन् एक्सनपूर्ण लाग्यो । फिल्ममा भरिपूर्ण एक्सनले दर्शकको मन जित्यो । टाइगर श्राफको इन्ट्री दृश्य पनि कमालको रह्यो । यसको एक्सन पक्षले पनि फिल्म थप बलियो साबित ग–यो ।

नाम पनि उस्तै

फिल्मको शीर्षकले पनि धेरैको ध्यान तान्न सफल भयो । नामअनुसार फिल्म पनि बन्यो । जसकारण फिल्म चल्यो ।

फिल्मको स्पिड

फिल्ममा आउने आरोह अवरोहले फिल्मलाई रोमाञ्जक बनाउँदै लैजान्छ । कहानी छुट्दै जान्छ । तर, कथा यति छिटो अगाडि बढ्छ कि, दर्शकलाई सोच्ने कुरामा पनि ध्यान र्न जाँदैन । कथानक जसरी अगाडि बढ्छ, त्यसले दर्शकलाई रोमान्चक बनाउँछ ।

जोडदार पहिलो हाफ

दोस्रो हाफको तुलनामा पहिलो हाफ राम्रो छ । आम दर्शकलाई दोस्रो हाफ मन परेन भने पनि पहिलो हाफका कारण सहजै फिल्म स्वीकार्छन् ।

सम्बन्धित समाचार