बलिवुडका चर्चित पाँच डिभोर्स : जसले दुखाए फ्यानको मन

बलिवुड फिल्मले मात्र होइन सेलिब्रेटिको प्रेम र विछोडले पनि सधै चर्चामा आउने गर्दछ । विश्वभर रहेका बलिवुडका फ्यानहरु आफ्ना प्रिय कलाकारको निजी जिन्दगीका बारेमा पनि उत्तिकै चासो राखिरहेका हुन्छन् जति फिल्मका लागि राख्ने गर्दछन् । यसै प्रसंगमा यस रिपोर्टमा बलिवुडका चर्चित ६ जोडीको डिभोर्स बारे चर्चा गर्दै छौ, जसले लाखौ बलिवुड प्रेमीहरुको मन दुखाएको थियो ।

यस सुचिमा सबै भन्दा अगाडी अभिनेता ऋतिक रोशन र सुजैन खानको नाम आउँछ । सन् २००० डिसेम्बर २० मा वैवाहिक बन्धनमा बाँधिएका ऋतिक र सुजैनले सन् २०१४ मा आपसी समझदारीमा नै डिभोर्स गरेका थिए । उनीहरुको डिभोर्सबारे अनेकौ कारण बताइएपनि उनीहरुले सबैको खण्डन गर्दै आएका छन् । दुई छोराका माता पिता रहेका दुवै डिभोर्सपछि पनि राम्रो मित्रता बनाइरहेका छन् ।



दिया मिर्जा र साहिल सांघाको जोडीले पनि अप्रत्याशित रुपमा केहि महिना अघिमात्र डिभोर्स गरेका छन् । ११ बर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै उनीहरुको अलग हुने निर्णयले दीयाका फ्यानहरु आश्चर्यमा परेका थिए । २००८ मा देखि अफ्येर्समा रहेका उनीहरु सन् २०१४ मा वैवाहिक बन्धनमा बाधिएका थिए ।

त्यस्तै मलाइका अरोरा र अरबाज खानको डिभोर्सले पनि धेरै बलिवुड प्रेमीहरुको चित्त दुखाएको थियो । सन् १९९८ मा विवाह बन्धनमा बाधिएका मलाइका र अरबाज २०१७ मा अलग भएका थिए । १८ बर्ष लामो वैवाहिक सम्बन्ध पछि अलग भएका दुवै अहिले आफ्नो नयाँ जीवन शुरु गर्ने तयारीमा रहेका छन् । मलाइका अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन् भने अरबाज जर्जिया एन्ड्रीयानीसँग अफ्येर्समा रहेका छन् ।

शाहिद कपुर र करीना कपुरको प्रेम टुट्दा पनि धेरैलाई आश्चर्यमा पारेका थिए । जीवनभर सँगै हुने कसम खाएर प्रेममा रहेका शाहिद र करीना २००४ मा फिदा फिल्मको सेटबाट प्रेममा परेका थिए । दुवैले खुल्ला रुपमा एक अर्कालाई माया गर्ने स्वीकार गरेका थिए ।

उनीहरुको रोमान्स हरेक दिनको समाचार हुने गर्दथ्यो । यसैबीच सन् २००७ मा एकाएक दुवै अलग भए । त्यसपछि दुवैले आ(आफ्नो नयाँ जीवन शुरु गरे । करीनाले अभिनेता सैफअली खानसँग विवाह गरिन भएन शाहिदले पनि आफ्नो नयाँ जीवन शुरु गर्दै मिरा राजपुतसंग वैवाहिक बन्धनमा बाँधिए ।

त्यस्तै बलिवुडमा डिभोर्स भएको अर्को चर्चित जोडी हो जोन अब्राहीम र विपासा बासुको जोडी मानिन्छ । करिब १० बर्ष अफ्येर्समा रहेका जोन विपासाले २०१२ मा एक अर्काबाट अलग भएका थिए । लामो समय सँगै बसेका जोन(विपासालाई बलिवुडमा उदाहरणीय जोडीको रुपमा हेरिन्थ्यो । तर उनीहरु अलग भएपछि जोन अब्राहीमले सन २०१४ मा प्रिया रुचालसँग विवाह गरे भने विपासाले सन् २०१६ मा अभिनेता करण ग्रोभरसँग विवाह गरिन् ।

सम्बन्धित समाचार