मुक्तिनाथ विकास बैंक लि. ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढि बजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
उक्त रकम स्व। विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति श्री सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय खराका क्षेत्रिय प्रमुख श्री बाबुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु ब्किङ्क प्रमुख श्री धु्रव राज घिमिरे र पोखरा –२७,का वडाध्यक्ष श्री धनबहादुर नेपालीले संयुक्त रुपमा निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु. २७३,९८३र–(दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासि रुपैयाँ मात्र) र काजकिरिया खर्च रु ५,०००/– (पाँचहजार मात्र ) समेत गरी रु.२७८,९८३/– (अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासि रुपैयाँमात्र) बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।