‘सरौतो’ को ट्रेलर सार्वजनिक

आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा फिल्मकी लिड अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलर हेर्दा एक्सन प्रेमी दर्शकलाई फिल्मले रिझाउन सक्ने देखिन्छ ।



फिल्ममा सुमीको पिताको भूमिका क्याप्टेन विजय लामाले निभाएका छन् भने अभिनेता सन्नी सिंह प्रेमीको भूमिकामा छन् । पिताको हत्यारालाई सजाय दिन एक छोरीले गर्ने संघर्षको कथा फिल्मले वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ । बदलाको कथामा निर्मित फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हुमागाईं बताउँछन् ।

फिल्ममा सुमी, सन्नी र विजयका अलावा लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।

उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।

सम्बन्धित समाचार