सम्बन्ध विच्छेदको तयारीमा पूर्व मिस नेपाल उषा खड्गी

पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबारले छापेको छ। दुई सन्तानका अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना भने कम रहेको स्रोतको दाबी छ।

अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे छलफल भइरहेको छ । सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भए लगत्तै दुबै अलग हुने तयारीमा छन् ।



यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो । उषा मिस नेपाल बन्नुअघि नै दुबैजना प्रेममा थिए । सन् २००० को मिस नेपाल विजेता उषा र जिवीले ०५९ मा विवाह गरेका हुन् । जिपीले डिभोर्सको विषय हल्ला मात्रै भएको बताए। घर झगडा भएको भने स्वीकारे।

उषा भने प्रारम्भमा डिभोर्सबारे बोल्न चाहिनन्। डिभोर्सबारे सोध्दा झर्किंदै भनिन्, ‘यो त एकदमै ठूलो कुरा हो, कति तनाव हुन्छ। तपाईंले यसरी नर्मल तरिकाले प्रश्न गर्न मिल्छ र?’दुबैका निकट स्रोतको दावी अनुसार उनीहरु छुट्टिले निष्कर्षमा पुगिसेका छन्।

सम्बन्धित समाचार