निर्देशक भन्सालीद्वारा नयाँ फिल्मको घोषणा, आलियाको प्रमुख भूमिका हुने

बलिवुडका चर्चित निर्देशक संजयलिला भन्सालीले सलमान खानसँगको फिल्म इन्शाअल्लाह बन्द भएपछि नयाँ फिल्मको घोषणा गरेका छन् ।

भन्सालीले अभिनेत्री आलिया भट्टलाई लिएर ‘गंगुबाई काठियावाडी’ को घोषणा गरेका छन् । यो फिल्म मुम्बईको कमाठीपुरा रेड लाइट एरियाकी चर्चित गंगुबाई कोठेवालीको जीवनीमा आधारित रहेको छ ।



यो फिल्ममा ६० को दशकको मुम्बईलाई देखाइने बताइएको छ । फिल्मको घोषणासँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । फिल्म अर्को बर्षको सेप्टेम्बर ११ मा रिलिज गरिने घोषणा गरिएको छ ।

यस फिल्ममा कम उमेरमा वश्यवृतिमा गएकी गंगुबाई डन बनेको कथा हुने बताइएको छ । यस अघि यो भूमिका प्रियंका चोपडाले निभाउने बताइएको थियो । तर आलियासँग इन्शाअल्लाह बन्द भएपछि भन्सालीले आलियालाई आफ्नो अर्को फिल्ममा लिने बाचा गरे अनुसार आलियालाई नै लिएर गंगुबाई बनाउने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार