‘वार’ को विश्वभर तहल्का, हालसम्म कमायो चार सय करोड

फिल्म ‘वार’ ले यतिबेला भारतमा मात्र नभएर विश्वभर नै तहल्का पिटिरहेको छ। ऋतिक रोशन र टाइगर श्राफको यो फिल्मले हरेक दिन नयाँ–नयाँ रेकर्ड राखिरहेको छ।

दोस्रो सातामा फिल्मले चार सय करोडको व्यापार गरेको छ। फिल्मले यसअघि चर्चामा रहेको ‘उरीः द सर्जिकल स्ट्राइक’लाई पछाडि पारेको छ।



फिल्म एक्सन ड्रामामा आधारित छ। फिल्मले सलमान खानको फिल्म ‘भारत’ को रेकर्डसमेत तोडिदिएको छ। यो फिल्मले विश्वभरमा ३२५ करोड कमाएको थियो। फिल्मको सुरुवातमै गुरु र शिष्यको टकराव देखाइएको छ।

त्यसपछि बाइक, कार, हेलिकप्टर, बरफ, पहाड हरेक ठाउँमा एक्शन देख्न सकिन्छ। यस फिल्मले भारतमा मात्र पहिलो दिनमा ५३ करोड कमाई गरेको थियो। यससँगै यो ऋतिकको करियकै सबैभन्दा धेरै ओपनिङ गर्ने र टाइगरको सबैभन्दा सफल फिल्म बनेको छ। चार दिनमा सय करोड कमाउँदै ‘वार’ २०१९ मा सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ।

सम्बन्धित समाचार