स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण ला लिगाका खेलहरु प्रभावित हुन लागेका छन् ।
आन्दोलनका कारण एल क्लासिको समेत प्रभावित हुने भएको छ । यहि अक्टोबर २६ मा हुने तय भएको बहुप्रतिक्षित एल क्लासिको स्थगित भएको छ ।
स्पेनिस फुटबल फेडेरेशनले एल क्लासिकोको नयाँ मिति सोमबार घोषणा गरिने फेडेरेशनले जानकारी दिएको छ ।
आन्दोलनका कारण विमानस्थल अवरुद्ध भएका कारण बार्सिलोनाले शनिबार हुने इबरविरुद्धको खेल खेल्न समेत ६ घण्टा बस यात्रा गरेर जान लागेको बताइएको थियो ।
कटालानाका नेताहरुलाई सर्वोच्च अदालतले जेल सजायको घोषण गरेपछि बार्सिलोनामा फेरी आन्दोलन शुरु भएको छ । जसका कारण ला लिगाका खेलहरु प्रभावित भएका छन् ।
यसको असर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशारणकर्ता, स्पोन्सरसबैलाई पर्ने भएको छ ।