बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पताल भर्ना भएका छन् । रुटिन चेकअपका लागि उनी मंगलबार अस्पताल भर्ना गरिएको बताइएको छ । उनी अझै २ दिन अस्पतालमै रहनेछन् ।

उनलाई अस्पताल भर्ना गरिएको बारे कसैलाई पनि जानकारी दिइएको थिएन । यतिसम्म कि, बलिउडका सेलिब्रेटीलाई समेत यो बारेमा थाहा थिएन ।



अस्पतालले अमिताभसँग कसैलाई पनि भेट्न दिएको छैन । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे पनि कुनै जानकारी दिएको छैन ।

कतिपयले भने अमिताभ अचानक बिरामी भएका कारण अस्पताल लगिएको हुनसक्ने बताएका छन् । किनकि, उनलाई बिहान ३ बजे मुम्बईस्थित नानावती अस्पताल पुर्‍याइएको थियो ।

सम्बन्धित समाचार