मणिरत्नमको फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या राय

ऐश्वर्या राय पछिल्लो समय फिल्ममा कमै देखिने गरेकी छिन् । यसअघि उनी चलचित्र ‘फन्ने खान’ मा देखिएकी थिइन् । फिल्ममा उनले एक सुपरस्टार गायिकाको भूमिका निभाएकी थिइन् ।

ऐश्वर्याका फ्यानलाई उनलाई फेरि पर्दामा देख्न चाहेका छन् । ऐश्वर्याको अभिनय कुरेका फ्यानका लागि भने यतिबेला खुशीको खबर छ । उनले मणिरत्नमको एक नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् । यो फिल्ममा उनको भूमिका दोहोरो हुनेछ ।



ऐश्वर्याले मणिरत्नमसँग काम गर्दा आफूलाई रमाइलो लाग्ने बताएकी छिन् । यसअघि पनि उनले केही फिल्ममा मणिसँग काम गरेकी छिन् । उनले मणिलाई गुरु मान्छिन् । यसअघि यी दुईले इरुवर, गुरु र रावणमा सहकार्य गरेका थिए ।

फिल्मको नाम के हुनेछ र यसको कहानी के हुनेछ भन्नेबारेमा भने अहिले केही खुलाइएको छैन ।

सम्बन्धित समाचार