महराले आफूमाथि कुनै हिंसा नगरेको भन्दै इजलासमै पुगेर रोशनीले दिइन् निवेदन

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीका जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी छिन् । आइतवार महरालाई अदालतमा उपस्थित गराइएपछि रोशनीले इजलासमै निवेदन दिएकी थिइन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमै उनले निवेदन दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उनको निवेदनमा महराले आफूमाथि कुनै हिंसा नगरेको र सञ्चारमाध्यमा आएका अन्तर्वार्ता लगायका विषय पूर्वाग्रही रहेको र आफूहरुलाई फसाउन खोजिएको उल्लेख गरेको स्रोतको दाबी छ ।



उनले दिएको निवेदन इजलासले लिएर मिसिलमा संलग्न गरेको छ । न्यायाधीश सुवेदीको इजलासले आइतवार नै महरामाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो ।

आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै रोशनीले अरोज १२ गते प्रहरीका जाहेरी दिएकी थिइन् । त्यसपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार