‘द हन्ड्रेड’ को खेलाडी ड्राफ्टमा सन्दीपलाई ओभलले किन्यो

इङल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा हुन गइरहेको द हन्ड्रेड बलको फ़्रेन्चाइजी प्रतियोगितामा नेपाली स्पिनर सन्दीप लामिछाने ओभल इन्भिनसिबलबाट खेल्ने भएका छन् ।

गएराती सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई ओभलले किनेको हो । सन्दीपलाई ओभलले एक लाख पाउण्ड मुल्यमा किनेको हो ।



सय बल खेलिने यस प्रतियोगिताको यो पहिलो प्रतियोगिताको पहिलो संस्करण आगामी जुलाईमा हुने भएको छ ।

सन्दीपको टिममा साम कुरान, टम कुरान, सुनिल नारान, जासन रोय जस्ता खेलाडी रहेका छन् ।

खेलाडी ड्राफ्टमा वेस्टइन्डिजका चर्चित खेलाडी क्रिस गेल, दक्षिण अफ्रिकाका कागीसो रबाडा र श्रीलंकाका लातिस मालिंगा जस्ता खेलाडीलाई भने कुनै टिमले लिएनन् ।

त्यस्तै अस्ट्रेलियाका स्टिभ स्मिथ र मिचेल स्टार्कलाई वेल्स फायरले लियो भने डेविड वार्नरलाई साउथर्न ब्रेभले लिएको छ ।

इङल्याण्डमा हुने यस १०० बल प्रतियोगितामा ८ टिमले भाग लिदै छन् । जसमा बिर्मिन्घम फोइनिक्स, लन्डन स्प्रिट, म्यानचेस्टर ओरिजिनल, नर्थर्न सुपर चार्जर, ओभल इन्भिनसिबल, साउथर्न ब्रेभ, ट्रेन्ट रोकेट्स र वेल्स फायर गरी ८ टिम रहेका छन् ।

जसमा बिर्मिन्घमले इङल्याण्डको सेन्ट्रल कन्ट्रयाक खेलाडी क्रिस वोक्स र लोकल खेलाडीको रुपमा मोईन अली र पाट ब्राउन रहेका छन् ।

त्यस्तै लन्डन स्प्रिटले इङल्याण्डबाट रोरी बर्न्स र लोकल आइकन इयोन मोर्गन र डान लावरेंस रहेका छन् ।

त्यस्तै म्यानचेस्टर ओरिजिनल्सले इङल्याण्डबाट जोस बटलर र लोकल आइकन खेलाडी सकिब महमूद र माट पार्किन्सन रहेका छन् ।

त्यस्तै नर्थर्न सुपरचार्जरले इङल्याण्डबाट बेन स्टोकलाई छानेको छ भने लोकल आइकनको रुपमा आदील राशिद र डेविड विली रहेका छन् ।

त्यस्तै ओभल इन्भिन्सिबलले इङल्याण्डबाट साम कुरान र लोकल आइकनको रुपमा जासन रोय र टम कुरान रहेका छन् ।

त्यस्तै साउथर्न ब्रेभले इङल्याण्डबाट जोफ्रा आर्चर रहेका छन् भने लोकल आइकनको रुपमा जेम्स भिन्च र क्रिस जोर्डन रहेका छन् ।

त्यस्तै ट्रेन्ट रकेट्सले इङल्याण्डबाट जोय रुट रहेका छन् भने लोकल आइकनको रुपमा एलेक्स हल्स र ह्यारी गुर्ने रहेका छन् ।

त्यस्तै वेल्श फायरले इङल्याण्डबाट जोनी बैरस्ट्रव रहेका छन् भने टमबानटन र कोलिन इन्ग्राम रहेका छन् ।

कसरी खेलिन्छ १०० बल क्रिकेट :

टी–२० क्रिकेटको लोकप्रियता पछि क्रिकेटमा टी–१० पनि खेलिदै छ । तर १० ओभरको क्रिकेट अझै लोकप्रिय भैसकेको छन् । १०० बल क्रिकेट हरेक इनिंगमा १०० बल खेलिने छ ।

हरेक १० बलमा इनिंग परिवर्तन हुने छ । यस खेलमा बलरले एक पटकमा ५ या १० बल लगातार फाल्न पाउने छन् । हरेक बलरले एक खेलमा अधिकतम २० बल सम्म फाल्न पाउने छन् ।

बलिङ टिमले साढे २ मिनेटको स्ट्राटेजीक टाइम आउटको समय पाउने छन् । दुवै टिमलाई २५ बलको पावरप्ले हुने छ । पावरप्लेको समयमा केबल २ खेलाडी ३० यार्ड सर्कलको बाहिर हुने छन् ।

सम्बन्धित समाचार