‘वान्टेड’ को सिक्वेल हो ‘राधे’ ? सलमानले दिए यस्तो जवाफ

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘दबंग ३’ को ट्रेलर आउट भइसकेको छ । यो फिल्ममा सलमान खान फेरि एकपटक प्रहरीको अवतारमा देखिँदैछन् । हालै सलमान खानले आफ्नो अघिल्लो फिल्म ‘राधेः मस्ट वान्टेड भाइ’ को फस्ट लूक रिलिज गरेका थिए ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘वान्टेड’ को सिक्वेलका रुपमा हो भन्ने धेरैलाई लागेको थियो । तर सलमान खानले ‘वान्टेड’ को ‘राधे’ सँगै कुनै लेनदेन नभएको बताएका छन् । उनले चलचित्र ‘तेरे नाम’ मा पनि आफ्नो भूमिका राधेको रहेको समेत स्मरण गरे ।



यतिबेला भने सलमान खान प्रभु देवाले निर्देशन गरेको चलचित्र ‘दबंग ३’ का कारण चर्चामा छन् । यो चलचित्र डिसेम्बरमा रिलिज हुँदैछ ।

सम्बन्धित समाचार