हिरासतमा रहेका भिटेनले गरे प्रहरीमाथि नै दुर्व्यवहार !

चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन) ले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् ।

अनुसन्धानका लागि हिरासतमा रहेका भिटेनले बयानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

सम्बन्धित समाचार