अक्षयकुमारले २०२० मा नयाँ किर्तिमान बनाउने तर कसरी ?

अभिनेता अक्षयकुमारले पछिल्ला बर्षहरुमा बलिवुडमा निकै सफल फिल्ममा काम गरेका छन् ।

२०१९ मा पनि अक्षयकुमारका लागि निकै सफल बर्ष रह्यो । यस बर्ष रिलिज भएको फिल्म मिशन मंगल उनको क्यारियरकै धेरै कमाई गर्ने फिल्म बन्यो । मिशन मंगल अक्षयको क्यारिय कै पहिलो २ सय करोड कमाई गर्ने फिल्म बन्यो । यस बर्ष उनको अर्को फिल्म केशरी पनि रिलिज भएको थियो, जुन बक्स अफिसमा निकै सफल बन्यो ।



अब उनको अर्को फिल्म हाउसफुल-४ आजदेखि रिलिज भएको छ । हाउसफुल–४ ले पनि बक्स अफिसमा राम्रो कमाई गर्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

अब अक्षयकुमारको सन् २०२० मा कुन कुन फिल्म आउछन भन्ने चर्चा अहिले देखि नै शुरु भएको छ । सन् २०२० मा उनका ४ वटा फिल्महरु रिलिज गरेर रेकर्ड बनाउँदैछ्न ।

यस सुचिमा उनको फिल्म ुलक्ष्मी बम्बु को घोषणा यस अघि नै भैसकेको छ । यस फिल्ममा अक्षयले रातो साडी लगाएको तस्वीर सार्वजनिक समेत भएको छ । त्यस्तै आउदो बर्ष अक्षयले रोहित शेट्टीसँगको फिल्म सूर्यबंशी रहेको छ । एक्शन प्याक यो फिल्म पनि दर्शकले प्रतिक्षा गरेको फिल्म हो । यो फिल्म आउँदो मार्चमा रिलिज हुने छ । यस फिल्ममा अक्षयका अलावा अजय देवगन, रणवीर सिंह समेत रहेका छन् ।

त्यस्तै आउँदो बर्ष अक्षयको अर्को फिल्म पृथिवीराज रिलिज हुने छ । आउदो बर्षको दिपावलीमा रिलिज हुने यस फिल्मलाई यसराज ब्यानरले बनाउँदै छ । त्यस्तै अर्को बर्षको क्रिसमसमा अक्षयको फिल्म बच्चन पाण्डे रिलिज हुनेछ । बच्चन पाण्डे तामिल फिल्म वीरमको रिमेक हो । यस फिल्मको निर्देशन जगन शक्तिले गर्दै छन् ।

यसरी सन् २०२० मा अक्षयकुमारका चार फिल्म लक्ष्मी बम्ब, सुर्यबंशी, पृथ्वीराज र बच्चन पाण्डे रिलिज हुने भएका छन् ।

सम्बन्धित समाचार