आज रिलिज भएको ‘बादशाह जुट’ लाई सोलो रिलिजको मौका

यस साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भएको छ । शुक्रवार नेपाली हलहरूमा नेपाली कथानक चलचित्र ’बादशाह जुट’ प्रदर्शनमा आएको छ । हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको मौका पाउँदैनन् । नेपाली फिल्मले विरलै पाउने सोलो रिलिजको अवसर ’बादशाह जुट’ ले पाएको छ । सोलो रिलिजको अवसर पाए पनि बालशाह जुटलाई दर्शक तान्न त्यत्ति सहज भने छैन् ।

असोजको अन्तिम हप्ताबाट प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ प्रति अझै दर्शकको आकर्षण छ भने पोइ पर्यो काले ले पनि दर्शक तानिरहेकै छ । सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र ’बादशाह जुट’ लाई निर्देशक जोनी सिंह राणाले निर्देशन गरेका हुन् । आफूलाई बादशाह सम्झने दुई युवकको कथा रहेको चलचित्रमा आमिर गौतम र सुशीलले दुई युवकको भूमिका निभाएका छन् । चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।



हर्क बहादुर कुँवर (पिटर) र भोज राज श्रेष्ठ (मिक्कि) को निर्माणमा बनको चलचित्रलाई अभिशेख शशी कुमारले लेखेका हुन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको सङ्गीत, दीर्घ खड्काको सम्पादन रहेको छ । चलचित्रले पहिलो दिनमा मल्टीप्लेक्समा अत्यन्त न्यून शो पाएको छ ।

सम्बन्धित समाचार