ग्रानडालाई हराउँदै रियल सोसियडाड ला लिगाको तेस्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा अन्तर्गत रियल सोसियडाडले ग्रानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सोसियडाडले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सोसियडाडको जितमा पोर्टूले २ गोल गरेका थिए । पोर्टूले खेलको २१ औ मिनेटमा गोल गर्दै सोसियडाडलाई शुरुवाती अग्रता दिलाएका थिए भने ग्रानडाका लागि भाड़ील्लोले खेलको ३६औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।



त्यसपछि खेलको ८९औ मिनेटमा पोर्टूले गोल गर्दै सोसियडाडलाई महत्वपूर्ण जित दिलाएका थिए । जितपछि सोसियडाड १२ खेलमा २२ अंकसहित लिगको तेसो स्थानमा रहेको छ । लिगमा ११ खेल खेलेका बार्सिलोना र रियल म्याड्रिडको २२–२२ अंक छ भने दुवै पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार