प्रियंका गान्धीको फोन ह्याक, मोदी सरकारले जासूसी गरेको कांग्रेसको आरोप

पूर्व भारतीय प्रधानमन्त्री राजीव गान्धीका सुपुत्री तथा भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको फोन ह्याक गरिएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठाइएको छ ।

आइतवार भारतीय कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै मोबाइल ह्याक भएको र फोनमा ह्वाट्सएपले ह्याक भएको म्यासेज पठाएको थियो । त्यस समय पार्टी महासचिव प्रियंका गान्धी वान्ड्राको पनि ह्वाट्सएपको माध्यमबाट यस्तो म्यासेज आएको थियो ।



हालै फेसबुकको स्वामित्व वाला मेसेजिङ एप ह्वाट्सएपले बताएको थियो कि इजरायलमा बनेको एक स्पाइवेयरबाट दुनियभरका १ हजार ४ सय मानिसलाई निशाना बनाएको थियो जसमा भारतीय पत्रकार तथा मानवअधिकारकर्मी पनि थिए ।

ह्वाट्सएपले ती मानिसलाई म्यासेज पठाएको थियो जसको फोन पेगासस नामको जासूसी सफ्टवेयरबाट ह्याक हुने आशंका छ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पनि ह्वाट्सएपले यस्तै खालको म्यासेज प्रियंका गान्धीलाई पठाएको बताए ।

आइतवारको पत्रकार सम्मेलनमा सुरजेवालाले सरकार यो प्रकरणमा सहभागी भएको आरोप लगाए ।

उनले केन्द्र सरकार र भारतीय जनता पार्टीमाथि जासूसीको आरोप लगाए ।

सम्बन्धित समाचार