भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै

भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् ।

युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेको युनिसेफले जनाएको छ ।



उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका हुन् । केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएको हो ।

नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ भने पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी(२० खेल्न यूएई जाँदैछन् । पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा यूएई जाँदैछन्।

यसअघि २०६९ सालमा भारतका पूर्वकप्तान महेन्द्रसिंंह धोनी नेपाल आएका थिए । दुई दिने भ्रमणका क्रममा धोनीले केही घन्टा कीर्तिपुर क्रिकेट मैदानमा बिताएका थिए।

सम्बन्धित समाचार