‘दराज अनलाइन’को ठगी धन्दा

अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

भाँडाकुँडा, कपडा, गरगहना, मोबाइलजस्ता सामान बेच्दै आएको उक्त कम्पनीले हेर्नै नदिई आफूले मगाएकोभन्दा कम गुणस्तरको सामानलाई बढी मूल्य लिएको एक उपभोक्ताले भने– ‘आफूले सामान नदेखाए नलिनेभन्दा सामान देखाउन नमिल्ने र सामानको खोल खोले फिर्ता नहुनेजस्ता धम्की दिए।’



अर्का एक उपभोक्ताको पनि यस्तै गुनासो छ। एउटा सामानमा धेरै छुट देखाएर बजारमूल्यभन्दा धेरै मूल्यमा बिक्री गर्ने गरेको उनले बताए। उनका अनुसार सामान बिकाउन भारी छुट दिएजस्तो गरी बजार मूल्यभन्दा बढीमा बिक्री गर्ने गरिन्छ।

यतिमात्रै नभई उक्त अनलाइनले बिक्री गर्न बाहिरी मानिसलाई पठाउने र पछि सम्पर्कविहीन हुने जस्तो कार्यसमेत गरेको पाइएको छ। यस्तै उपभोक्ताको पैसा फिर्ता नगर्ने अधिकांश उपभोक्ताको गुनासो छ।

प्रदीप अधिकारीले अरू बेला १ हजार १ सय ६० रुपियाँ पर्ने घडीलाई दराजले ११।११ स्पेसलमा १ हजार ९ सय ८४ मूल्य राखेको सामाजिक सञ्जालमा राखेका छन् । यस्तै, सुजन श्रेष्ठका अनुसार क्यानन ५० एमएम लेन्स भएको क्यामेरालाई ११।११ मा यसको दोब्बर मूल्य राखिएको छ।

यी घटना प्रतिनिधि घटना मात्रै हुन् । दराज अनलाइनबाट अनलाइन किनमेल गर्नेहरूको गुनासो यसअघि विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरिसकेका छन्। यद्यपि यसबारे न दराजले नै केही सुधार गरेको छ न त सरकारी निकाय नै यसबारे जानकार रहेको छ। नेपाल समाचारपत्रमा खबर छ ।

सम्बन्धित समाचार