आमिर र सलमानसँग भिड्दै अक्षय

अक्षय कुमार पछिल्लो बलिउड वक्सअफिसमा सफल भएको भए छन् । बलिउडका एक,दुई, तीन भनेर गनिने शाहरूख खान, सलमान खान तथा आमिर खानका सिनेमा फ्लप हुँदा अक्षय भने लगातार सफल भइरहेका छन्।

यस्तो उनको सिनेमा रिलिजको संख्या बढिरहेको छ। खानहरूको प्रतिवर्ष बढीमा दुईवटा सिनेमा रिलिज हुने गरेकोमा अक्षयका कम्तीमा ३ सिनेमा रिलिज हुँदै आएका छन्।



सिनेमा रिलिजको संख्या बढेसँगै अक्षयले आफ्ना सिनेमाका लागि ३ खानहरूको एकल मिति जस्तो मानिदै आएका बिदाका मितिहरूमा धावा बोल्न सुरू गरेका छन्।

आगामी वर्ष उनले सलमान खानको प्रिय रिलिज मिति ईद र आमिर खानको क्रिसमस मितिमा आफ्नो सिनेमा रिलिज गरेर खानहरूसँग सिगौंरी खेल्न लागेका हुन्।

अक्षयको ‘लक्ष्मी बम’ ईदमा सलमानको ‘राधे’सँग जुध्नेछ भने ‘बच्चन पाडें’ क्रिसमसमा आमिरको ‘लाल सिहं चड्ढा’सँग। ‘लक्ष्मी बम’ सुपरहिट तमिल सिनेमा ‘कंचना’को रिमेक हो।

सम्बन्धित समाचार