‘तुमको कितना भगवान चाहिए’ भन्दै भारतले कालापानी क्षेत्रमा मन्दिर बनाउन दिएन

भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी (सौका) समूदायको परम्परागत पवित्र भूमि हो ।

तर त्यहाँ उनीहरुलाई प्रवेश निधेष छ । त्यसैले उनीहरुले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटर वरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेको खबर आजको कान्तिपुरमा खबर छ ।



कालापानी दार्चुलाको सबैभन्दा उत्तरी ब्यास गाउँपालिका, वडा नम्बर १ मा पर्छ । त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा मन्दिर बनाउन ब्यास गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । तर भारतीय सुरक्षाकर्मीले ‘भगवान तो एक ही हे, तुमको कितना भगवान चाहिए’ भन्दै बनाउन नदिएको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार