भुकम्पका कारण पाँच जनाको मृत्यु

इरानको उत्तरपश्चिमी क्षेत्रमा भुकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो ।



स्थानीय अधिकारीले भुकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्रमा भुकम्प गएको हो । अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भुकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको थियो ।

भुकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको थियो । भुकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भुकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको छ ।

सम्बन्धित समाचार