अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्क स्थित एक अदालतले २० लाख डलर जरिवाना तिर्न आदेश दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा ट्रम्पलाई अदालतले २० लाख डलर जरिवाना तिर्न आदेश दिएको हो ।
ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरिएको अभियोग लगाइएपछि ुद डोनल्ड जे ट्रम्प फाउन्डेशनु सन् २०१८ मा बन्द गरिएको थियो। ट्रम्प आफूले नै २० लाख डलर तिर्नुपर्ने र त्यो रकम उनीसँग सम्बन्ध नभएका आठवटा परोपकारी संस्थालाई जाने आदेशमा जनाएको छ ।