हत्या आरोपित आलम धरौटीमा छुटे पनि लगत्तै पक्राउ पर्ने

कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरीको हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक)ले जिल्ला प्रहरी कार्यालय (रौतहट)लाई बिहीबार पत्र पठाई तत्काल छुट्ने अवस्था भए विभागमा उपस्थित गराइदिन आग्रह गरेको छ।

जिल्ला अदालतले धरौटी वा तारेखमा छाडे पनि सम्पत्ति छानबिनको दायरामा ल्याउन आलमलाई प्रहरीले पुनः पक्राउ गरी शुद्धीकरण विभागमा पठाउने समाचार कान्तिपुर दैनिकमा छ। सम्पत्ति शुद्धीकरण ऐन २०६४ को २१ (२) बमोजिम उनको सम्पत्ति छानबिन हुनेछ। आलमविरुद्ध थुनछेक बहस चलिरहेको छ।



सम्बन्धित समाचार