आयुष्मानको बालाले दुई दिनमै उठायो लगानी

बलिवुड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म ‘बाला’ ले दुई दिनमा नै आफ्नो लगानी उठाएको छ । रिलिजको पहिलो दिन १० करोड १५ लाख कलेक्सन गरेको बालाले दोस्रो दिन १५ करोड ५० लाख कमाई गरेर दुई दिनमा कुल २५ करोड ६५ लाख कमाई गरेको छ । २५ लाखको लागतमा बनेको बालालाई फिल्म समिक्षकहरुले पनि निकै प्रसंशा गरेका छन् ।

लगातार ६ सुपरहिट फिल्म दिएका आयुष्मानको क्यारियरमा बाला आयुष्मानको सातौ सुपरहिट फिल्म बन्ने बाटोमा रहेको छ । पहिलो दिन गरेको कमाई आयुष्मानको फिल्मी क्यारियरको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने फिल्म समेत बनेको छ । यस अघि आयुष्मानको फिल्म ड्रिम गर्लले पहिलो दिन १० करोड ५ लाख कमाई गरेको थियो । त्यस्तै बधाई हो ले पहिलो दिन ७ करोड ३५ लाख कमाई गरेको थियो भने आर्टिकल १५ ले ५ करोड २ लाख कमाई गरेको थियो ।



फिल्मले सकारात्मक रिभ्यु पाएका कारण आउँदा दिनमा अझ राम्रो कलेक्सन गर्ने फिल्म समिक्षकहरुले बताएका छन् । फिल्म कपाल नभएको युवाले बेहोर्नु पर्ने समस्यामा केन्द्रित रहेको छ । फिल्ममा आयुष्मान पहिला राम्रो कपाल भएको तर युवा अवस्थामै कपाल झरेको युवाको भूमिका निभाएका छन् । त्यस्तै फिल्ममा भुमि पेडनेकर र यमी गौतमको अभिनय रहेको छ । फिल्मलाई स्त्री फेम निर्देशक आम्र कौशिकले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचार