इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले साविक विजेता सिटीलाई हराउँदै उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो ।
गएको सिजनमा सिटीले लिभरपुललाई एक पोइन्टले पछि पार्दै उपाधि हात पारेको थियो । गत सिजनमा सिटीले ३८ खेलबाट ९८ अंक जोडेको थियो भने लिभरपुलले ९७ अंक बनाएर दोस्रो भएको थियो ।
घरेलु मैदानमा लिभरपुललाई सहज जित दिलाउनको लागि फाबिन्हो, मोहमद सलाहा र साडियो मानेले समान एकरएक गोल गरेका थिए । बेर्नाल्डो सिल्भाले सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।
खेले शुरू भएको छटौँ मिनेटमै फाबिन्हो गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो । रोर्वटसनको पासमा सालाहले गोल गर्दै खेल २ -० गोल अन्तरले बढाए ।
पहिलो हाफमा २ गोले गरको लिभरपुलले दोस्रो हाफमा पनि एक गोल थप्यो भने सिटीले एक गोल फर्कायो ।
५१औं मिनेटमा साडियो मानेले जोर्डन हेन्डरसनको क्रस पासमा पावरफुल हेडर गोल गरेपछि लिभरपुलले खेलमा ३–० को आरामदायी अग्रता लियो । त्यसपछि खेलको ७८औं मिनेटमा सिटीका लागि बर्नान्डो सिल्भाले १ गोल गरे । त्यसपछि बाँकी समयमा थप गोल गर्न नसक्दा खेल लिभरपुलले ३-१ गोल अन्तरले जित्यो ।
योसँगै १२ खेलबाट ३४ अंक जोड्दै अपराजित लिभरपुल लिगको शीर्ष स्थानमा छ । उसले १२ खेलमा ११ खेल जित्दा एक खेल बराबरी गरेको छ । हारसँगै सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । प्रिमियर लिगमा सिटीको यो दोस्रो हार हो ।