हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको हट अवतार

अमेरिकाको महिला सम्बन्धी अखबार हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार देखिने भएको छ।

ओस्कार जितेकी विश्व चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले डिसेम्बरमा प्रकाशित हुने हार्पर्स बजारमा बोल्ड फोटो सुट गरेकी हुन्।



४४ वर्षीया जोलीको फोटो चर्चित फोटोग्राफर सोल्भ सुन्ड्सबोले खिचेका हुन्। हालै सार्वजनिक तस्बिरमा जोली अत्यन्डै बोल्ड देखिएकी छिन्।

हालैमात्र जोलीको मुख्य भूमिका भएको चलचित्र ‘मेलिफिसेन्टः मिस्ट्रेस अफ इभिल’ विश्वभर प्रदर्शनमा आएको थियो।

जोलीले ब्राड पिटसँग सम्बन्धमा रहँदा उनलाई अमेरिका बाहिर बस्ने रहर भएको खुलाईन्। तर पिटले उनलाई छोरा छोरीहरु १८ वर्षको भएपछि मात्र त्यसो गर्न भनेको उनले सुनाईन्।

ब्राड पिट र जोलीबाट तीन सन्तान जन्मिएका छन्। जोलीले अन्य ३ अनाथ बालबालिकालाई पनि सन्तानको रुपमा पालेका छन्। एजेन्सी

सम्बन्धित समाचार