चर्चित गायिका लता मङ्गेश्कर उपचारपछि घर फिर्ता

नयाँ दिल्ली भारतकी चर्चित गायिका लता मङ्गेश्करको स्वास्थ्यमा समस्या आएपछि सोमबार उपचारका लागि अस्पताल पुर्याइएको थियो । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई बिहानै आकस्मिकरूपमा अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताए । लोकप्रिय गायिका ९० बर्षिय मङ्गेश्वरलाई मुम्बईको दक्षिणी क्षेत्रमा रहेको ‘ब्रेथ क्यान्डी अस्पताल’मा उपचार गरिएको हो । उनलाई सोमबार नै उपचारपछि घर फर्काइएको छ ।

अस्पतालले उनको स्वास्थ्य परीक्षण गरेपछि प्राप्त प्रारम्भीक तथा पहिलो स्वास्थ्य विवरणमा उनको अवस्था गम्भीर देखिएको चिकित्सकहरुले जनाएको भएपनि स्वास्थ्यमा सुधार आएको भन्दै उनलाई सोमबार नै घर फिर्ता गरिएको छ ।



लताको स्वास्थ्य उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको छातीमा सङ्क्रमण भएको तर सामान्य उपचारपछि घर फर्काइएको छ । बुढ्यौलीका कारण उनको स्वास्थ्यमा समस्या आउनु स्वभाविक भएको तर उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उनलाई अति सघन कक्ष ९आइसियु० मा राखेर उपचार गरिएको थियो ।

छाती दुख्यो भनेपछि उनलाई सोमबार मध्यरातमा (२ बजेतिर) अस्पताल पुर्याइएको लताका आफन्तले जानकारी दिए । लतालाई गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइएको तर स्वास्थ्यमा सुधार आएकोले घर फर्काइएको उहाँका परिवारिक स्रोतले पुष्टि गरेको छ । उनी विरामी भएका खबरपछि भारतका अन्य चर्चित कलाकारहरुले पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्र्व गायिका लताले सन् १९४२ मा गायन सुरु गरेकी थिइन् भने एक हजार भन्दा बढी ‘बलिउड’का चलचित्रहरूलाई विभिन्न ३६ भाषाहरूमा स्वर दिएकी छन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्रो गायिका हुन् ।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दर्ता भएकी थिइन् । ननले १९४८ देखि १९७४ सम्म ३० हजार गितहरू रेकर्ड गराएकी थिइन् । उनको रेकर्डलाई पछि बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएर तोडेकी थिइन् । सुप्रसिद्ध गायिका लताले भारत रत्न, पद्म विभूषण, पद्म भूषण, दादासहेब पाल्खे पुरस्कार लगायतका प्रसिद्ध पुरस्कार पाएकी छन् ।

सम्बन्धित समाचार